शनिबार, वैशाख २२ गते २०८१

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औँ वार्षिकोत्सव

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औँ वार्षिकोत्सव

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औँ वार्षिकोत्सव

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुने भएको छ । प्रधानमन्त्री राखेपका संरक्षक पनि हुन् । 

    images

    राखेपले आफ्नो ६० औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मनाउने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न ६ विधामा १८ अवार्ड प्रदान गरिने छ । 

    सिनियर र जुनियर समान दुई–दुई गरी चार खेलाडी, आठ कर्मचारी (दुई करार कर्मचारीसहित), एक पारा खेलाडी र दुईजना खेल पत्रकारलाई अवार्डसहित नगदबाट पुरस्कृत गरिने छ । 

    यसैगरी खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत समान एक–एक स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई पनि सम्मान गरिने छ । सदस्य सचिव टंकलाल घिसिङ राखेपको नेतृत्वमा आएपछि वार्षिकोत्सवमा यो नयाँ विधाको अवार्ड थप गरिएको थियो ।

    खेलाडी अवार्ड, करार कर्मचारी अवार्ड र स्थानीय तह अवार्ड ५९ औँ संस्करणदेखि थपिएको हो । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य, लोकप्रिय गायक राजेशपायल राई र नृत्यकार सरोज प्रजा र विना रावतको आकर्षक प्रस्तुति रहने बताइएको छ । कार्यक्रम अपरान्ह ३ः ३० बजेदेखि सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार