शुक्रबार, वैशाख २८ गते २०८१

एसईई परीक्षामा चिट चोराइएको विषयको दोष सीडीओ, एसपी र निरीक्षकले लिनुपर्छ : सांसद झा

एसईई परीक्षामा चिट चोराइएको विषयको दोष सीडीओ, एसपी र निरीक्षकले लिनुपर्छ : सांसद झा

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • एसईई परीक्षामा चिट चोराइएको विषयको दोष सीडीओ, एसपी र निरीक्षकले लिनुपर्छ : सांसद झा

    चैत १९ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा एसईईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरेका हुन् । 

    images

    उनले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताएका हुन् । उनले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । झाले परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ परीक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे ।

    उनले भने, ‘मधेसले पहाडलाई पढाउनका लागि कुनै बेला उक्लिने गथ्र्यो । तर अहिले मधेस आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ । यसको दोष मधेसले किन खेप्दैछ ?’
     
    सांसद  झाले यसको दोषी मधेसी नभएको बताए । ‘काठमाडौँमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ? उनले भने, ‘किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सीडीओ, एसपी र अरु अधिकारीहरु हुन् । त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिइयोस् ।’ 

    उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटीका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ