शनिबार, वैशाख २२ गते २०८१

खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो आफूले गरेको काम

खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो आफूले गरेको काम

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो आफूले गरेको काम

    काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले आफू मातहत भएका कामहरू सार्वजनिक गरेको छ। आइतबार मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी लेखनाथ न्यौपानेले मन्त्रालयबाट ५ दिनमा भएका १० कामहरू सार्वजनिक गरेका छन्।

    images

    मन्त्रालयका अनुसार मूलपानी क्रिकेट रंगशाला, दशरथ रंगशाला र कीर्तिपुर क्रिकेट रंगशालाको अनुगमन गर्न अनुगमन टोली गठन गरी कार्यदिशा दिइएको छ। यस्तै, बहराइनमा भएको फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति नलिएको सम्बन्धमा कानुनबमोजिम आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन पत्राचार गरिएको पनि बताइएको छ।

    तर, कारबाहीसम्बन्धी जानकारी मन्त्रालयलाई प्राप्त नभएकोले सो सम्बन्धमा जानकारी गराउन ताकेता गरिएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार