शनिबार, जेठ ५ गते २०८१

साताको पहिलो दिन सुनको भाउ स्थिर

साताको पहिलो दिन सुनको भाउ स्थिर

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • साताको पहिलो दिन सुनको भाउ स्थिर

    साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ स्थिर रहेको छ। अघिल्लो दुई दिन अर्थात् बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो। बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको मूल्य हालसम्मकै उच्च हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार