शनिबार, वैशाख १५ गते २०८१

ज्येष्ठ नागरिकलाई माया मर्मता दिएर घरमै राखौं :रेखा शर्मा

ज्येष्ठ नागरिकलाई माया मर्मता दिएर घरमै राखौं :रेखा शर्मा

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • ज्येष्ठ नागरिकलाई माया मर्मता दिएर घरमै राखौं :रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएका बताएकी छन् ।

    images

    बिहिबार घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताएकी हुन । 

    मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उनीहरूलाई जीवनयापनमा निकै सहज भएको धारणा राखिन् ।

    ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै मन्त्री शर्माले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताइन् ।

    पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार