आइतबार, वैशाख १६ गते २०८१

विनोद चौधरीमाथि बयान लिँदा स्वतन्त्रता अतिक्रमणबारे जानकारी गराइएको छ : गृहमन्त्री रवि

विनोद चौधरीमाथि बयान लिँदा स्वतन्त्रता अतिक्रमणबारे जानकारी गराइएको छ : गृहमन्त्री रवि

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • विनोद चौधरीमाथि बयान लिँदा स्वतन्त्रता अतिक्रमणबारे जानकारी गराइएको छ : गृहमन्त्री रवि

    चैत १४ काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि बयान लिँदा उनको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी गराइएको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले चौधरीसँग बयान लिँदा उनको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी दिइएको बताएका हुन् । 

    images

    बैठकमा गृहमन्त्रीले भने, ‘विनोद चौधरीमाथि अनुसन्धानको पत्र सभामुखलाई पठाएकोमा उहाँको बयान लिँदा उहाँको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी दिइएको हो ।’ बैठकमा गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम जोडिएको प्रसंगमा तथ्यबिना नाम हालिएको जिकिर गरे ।

    उनले भने, ‘सहकारीमा मेरो नाम मुछिएको विषयमा जहाँ मेरो नाम भनिएको छ, त्यहाँ मेरो न हस्ताक्षर छ, न ल्याप्चे छ, केवाईसी भरिएको छैन, मेरो नाममा अदालतमा मुद्दा पनि छैन । म सरकारमा आउनु अघि नै प्रहरीमा कुनै तथ्य बिना मेरो नाम हालेको कुरा मात्रै हो ।’ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार