आइतबार, वैशाख १६ गते २०८१

काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट

काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट

    काठमाडौँ । काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ । 

    images

    धार्चेकी उपाध्यक्ष सुनिला गुरुङ्को नेतृत्वमा आएको मेलमिलापकर्तासहितको प्रतिनिधि मण्डलसँग महानगरकीय उपप्रमुख सुनिता डंगोलसहितको टीमले अनुभव आदान प्रदान गरेको हो । 

    ‘न्यायिक समितिहरुले प्रयोग गर्ने न्यायिक अधिकारका विषयमा सामुहिक धारणा विकास हुनु पहिलो न्यायिक सम्मेलनको नतिजा भएको भन्दे महानगर उपप्रमुख डंगोलले  सो अवसरमा भनिन्, ‘भूगोल, सामाजिक तथा आर्थिक अवस्था, शिक्षा र चेतनास्तर जस्ता कारण विभिन्न पालिकाहरुमा आउने विवाद फरक छन् । यी फरक समस्यालाई समाधान गर्ने कानुनी व्यवस्थाको प्रयोगमा एउटै खालको अभ्यास हुन थालेको छ ।’

    उनले निःशुल्क कानुनी सहायता, लैङ्गिक हिंसा हेर्ने उद्देश्यसहित वडास्तरमा गठन तथा सञ्चालन गरिएका महिला सञ्जाल, वडास्तरीय मेलमिलाप केन्द्र महानगरपालिकाका अनुकरण योग्य कार्यक्रम भउको जानकारी पनि गराइन् । 

    भेटघाट र अनुभव साटासाटको क्रममा धार्चेकी उपाध्यक्ष गुरुङ्ले गत बर्ष सम्पन्न सम्मेलनले न्यायिक विकेन्द्रीकरण, न्यायिक समितिका क्षेत्रधिकार र विवाद समाधानका उपायहरुको प्रयोग गर्न बाटो देखाएको भन्दै यसपछि विवाद निरुपणका काम गर्न सहज भएको अनुभव सुनाइन् ।

    ‘गाउँ ठाउँका मानिसहरुका समस्या र ती समस्याको समाधानका लागि पक्षहरु के चाहन्छन् भन्ने कुराको ज्ञान जनप्रतिनिधिभन्दा अरु कसैले बुझ्न सक्दैनन्,’ न्यायिक समितिका सदस्य एवं वडाध्यक्ष कुश ढकालले भने, ‘न्यायिक समितिले कागज हेरेर होइन, आचरण र अवस्था हेरेर विवाद समाधान गर्न सक्छन् । न्यायिक विकेन्द्रीकरणको यो सफल अभ्यास हो ।’  

    अवलोकन भ्रमणका लागि प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, न्यायिक समितिका सदस्यहरु किसान गुरुङ् र मित्रबहादुर सुनार, उजुरी प्रशासक सोमप्रसाद गुरुङ्, कर्मचारीहरु र मेलमिलापकर्ताहरु सहभागी थिए ।

    उनीहरुले महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको मेलमिलाप कक्ष, इजलास कक्षसहित पूर्वाधारको अवलोकन तथा अहिलेसम्म जारी भएका कानुन र यसको प्रयोगका विषयमा जानकारी लिएका 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार