शनिबार, वैशाख १५ गते २०८१

फोटोबाट क्रान्तिको सुरुवात हुन्छ : उपसभामुख

फोटोबाट क्रान्तिको सुरुवात हुन्छ : उपसभामुख

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • फोटोबाट क्रान्तिको सुरुवात हुन्छ : उपसभामुख

    चैत १२ काठमाडौँ । चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरू प्रदर्शनी गरेका छन् । सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो । प्रदर्शनीमा ४० वटा फोटोहरू राखिएको थियो । 

    images

    उक्त प्रदर्शनीमा उपसभामुख इन्दिरा राना मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने भन्दै यस्तो प्रकारको प्रदर्शनीले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘फोटो आफैँ बोल्छ भने जस्तै फोटोहरूको माध्यमबाट पनि धेरै परिवर्तनहरू गर्न सकिन्छ । क्रान्ति गर्न सकिन्छ । यस्तो प्रकारको कामले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न पनि सहयोग गर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार