शनिबार, वैशाख १५ गते २०८१

ललितपुरका मेयर महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच भेटवार्ता

ललितपुरका मेयर महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच भेटवार्ता

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • ललितपुरका मेयर महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच भेटवार्ता

    पुरातात्विक एवं सांस्कृतिक सम्पदाको धनी ललितपुरमा विदेशी पर्यटकहरुको संख्या बढाउने र पर्यटकमैत्री वातावरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच छलफल भएको छ ।

    images

    न्यूयोर्कमा भएको भेटमा मेयर महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल गरेका हुन् । छलफलमा, महानगरपालिकामा पर्यटक बढाउन ललितपुरका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने समझदारी समेत भएको छ ।

    भेटवार्तामा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरको रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तीव्र बनाइएको बताए । नेपाल अवतरण गर्ने हरेक विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रकृया थालिएको जानकारी पनि उनले दिए । पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुनर्निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै उनले अन्तर्राष्ट्रिय  क्षेत्रमा व्यापक प्रचार प्रसारको खाँचो रहेको बताए । नवनियुक्त पर्यटन प्रवर्द्धक श्रेष्ठले त्यसका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए ।

    मेयर महर्जन विश्व बैंकले आयोजना गरेको यातायात व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका गएका  हुन् । संसारभरका मेयरहरुको प्रतिनिधित्व रहेको कार्यक्रममा मेयर महर्जनले नेपालको प्रतिनिधित्व गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार