शनिबार, वैशाख २९ गते २०८१

संसद्‌मा कांग्रेसको आक्रोश : रवि लामिछाने स्वर्गबाट आएको हो र ?

संसद्‌मा कांग्रेसको आक्रोश : रवि लामिछाने स्वर्गबाट आएको हो र ?

अखबार दैनिक
बुधबार, चैत ७ २०८०
  • संसद्‌मा कांग्रेसको आक्रोश : रवि लामिछाने स्वर्गबाट आएको हो र ?

    काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाए सदन चल्न नदिने बताएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउनका लागि अल्टिमेटम दिएकी हुन् । 

    images

    मंगलबार गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्ष संसद् अवरोध गरे पनि सरकारले काम गरिरहने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । उनले भनिन्– ‘देश र जनताका लागि बजेट बनाउने बेला उहाँलाई सदन चाहिएको छैन होला, हामीलाई चाहिएको छ । 

    बजेटमाथिको छलफलको गाम्भिर्यतालाई हामीले राम्रोसँग बुझेका छौँ, हामी अवरोध गर्न चाहँदैनौँ । छानबिन समितिको मागसँग किन डराउनुपर्‍यो ? हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त । आज उहाँको विषयमा समिति गठन गर्नुपर्‍यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुपर्‍यो ।’ उनले आउँदो सदनमा छानबिन समिति बनाउनुपर्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ