सोमबार, मंसिर ३ गते २०८१

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

अखबार दैनिक
सोमबार, फागुन २८ २०८०
  • सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

    २८ फागुन, जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् । मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

    images

    ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो ।

    महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दहालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ