अछामको बैद्यनाथ धामको कोटिहोम कुण्डमा आगलागी भएको छ । शनिबार दिउँसो कुण्डमा आगलागी भएको हो । आगलागीबाट बनाईएको कोटीहोम कुण्ड जलेको छ । बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिएको थियो ।
साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन १० गतेदेखि कोटिहोम सुरु भएको हो । २५ गते शिवरात्रीसम्म सञ्चालन हुने कोटीहोमको एउटा कुण्डमा आगलागी भएको हो । फागुन १० गते राष्ट्रपती रामचन्द्र पौडेलले कोटीहोम महायज्ञको उद्घाटन गरेका थिए ।