काठमाडौँ । संघीय संसद भवन र सिंहदरबार वरपरको फुटपाथमा नेपाल प्रहरीले डोरी र तारबार लगाएर राखेको छ। ती ठाउँ हुँदै सर्वसाधारणलाई हिँड्न पनि दिइएको छैन। बटुवा फुटपाथ वा मूल सडकमै हिँड्न थालेका छन्।
सोमबार लघुवित्त पीडित आन्दोलनकारीहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवन प्रवेश गरेर नाराबाजी गरेका थिए। निषेधित क्षेत्रमा संवेदनशील परिसरभित्र प्रदर्शनकारी प्रवेश गरेपछि संसद् भवन र सिंहदरवार वरपर फुटपाथमा डोरी लगाइएको छ।