शनिबार, जेठ ५ गते २०८१

सेयर बजार २०२६ अंकमा झर्‍यो, कारोबार २८ प्रतिशत घट्यो

सेयर बजार २०२६ अंकमा झर्‍यो, कारोबार २८ प्रतिशत घट्यो

अखबार दैनिक
बुधबार, फागुन ९ २०८०
  • सेयर बजार २०२६ अंकमा झर्‍यो, कारोबार २८ प्रतिशत घट्यो

    ९ फागुन, काठमाडौं । बुधबार सेयर बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.४६ अंक घटेर २०२६ अंकमा कायम भएको छ ।

    images

    कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २८ प्रतिशत घटेको छ । अघिल्लो दिन ३ अर्ब ११ करोडको कारोबार भएकोमा आज २ अर्ब २४ करोडमा खुम्चियो । कुल ८० कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ९ को स्थिर रह्यो ।

    उत्पादनबाहेकका सबै समूह घटे । सबै समूहको गिरावट दर १ प्रतिशतभन्दा मुनि रह्यो । उत्पादन समूह भने २.८४ प्रतिशत बढ्यो । बोटलर्स नेपालका दुबै कम्पनी बालाजु र तराईको मूल्य १० बढ्दा समग्र उत्पादन समूह बढ्न पुगेको हो ।

    बैंकिङ ३, विकास बैंक २४, फाइनान्स ४, होटल तथा पर्यटन ३८, हाइड्रोपावर २३, जीवन बीमा २९, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३२, अन्य १५ र ब्यापार समूह १० अंक घटे ।  उत्पादन समूह १६३ अंक बढ्यो ।

    बोटलर्स नेपाल बालाजु, तराई, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । आत्मनिर्भर लघुवित्तको मूल्य ८.५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सगरमाथा जलविद्युत्, मोलुङ हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार