शनिबार, जेठ ५ गते २०८१

करातेतर्फ ऐतिहासिक पदक विजेता गुरुङ सम्मानित

करातेतर्फ ऐतिहासिक पदक विजेता गुरुङ सम्मानित

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • करातेतर्फ ऐतिहासिक पदक विजेता गुरुङ सम्मानित

    ८ फागुन, काठमाडौं । १९ औं एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङ सम्मानित भएकी छन् ।

    images

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ऐतिहासिक पदक विजेता एरिकालाई सम्मान गरेका हन् ।

    एरिकाले गत असोजमा चीनको  हाङझाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । एरिकाले जितेको रजत एसियाली खेलकुदको करातेमा कुनै पनि नेपाली खेलाडी जितेको पहिलो र एक मात्र रजत हो ।

    एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाड तथा पाराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा विमल गुरुङ, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले २०१८ को इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेका थिए ।

    हाङझाउ एसियाडअघि एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार