शनिबार, जेठ ५ गते २०८१

३ दिनदेखि बढेको सुनको भाउ मंगलबार स्थिर

३ दिनदेखि बढेको सुनको भाउ मंगलबार स्थिर

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • ३ दिनदेखि बढेको सुनको भाउ मंगलबार स्थिर

    ८ फागुन, काठमाडौं । विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विगत ३ दिनदेखि कारोबारमा सुनको मूल्य लगातार बढेको थियो ।

    images

    गत बिहीबार तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन शुक्रबार ६ सय बढेर १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । आइतबार ५ सयले बढेर १ लाख १७ हजार ६ सय पुगेको सुन सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार स्थिर छ । प्रतितोला १ हजार ४१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार