आइतबार, जेठ ६ गते २०८१

वीरगञ्जको कर्फ्यु यथावत्, सर्बदलीय बैठकपछि अर्को निर्णय हुने

वीरगञ्जको कर्फ्यु यथावत्, सर्बदलीय बैठकपछि अर्को निर्णय हुने

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • वीरगञ्जको कर्फ्यु यथावत्, सर्बदलीय बैठकपछि अर्को निर्णय हुने

    ८ फागुन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत रहेको छ ।

    images

    सोमबार बेलुकी ५ बजेदेखि अनिश्चित कालका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो । सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

    साढे ११ बजे सर्वपक्षीय भेला गरेर छलफल गर्ने र त्यसको आधारमा कर्फ्यु के गर्ने भन्नेबारे निर्णय लिने उनले बताए ।

    पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएको थियो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार