आइतबार, जेठ ६ गते २०८१

अटोले दुई वटा साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, तीनजना घाइते

अटोले दुई वटा साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, तीनजना घाइते

अखबार दैनिक
सोमबार, फागुन ७ २०८०
  • अटोले दुई वटा साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, तीनजना घाइते

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् । 

    images

    आइतबार साँझ मे १ ह ५८०५ नम्बरको अटोले दुई वटा साइकललाई ठक्कर दिएको थियो ।  मृत्यु हुनेमा शिवसताक्षी–८ की ९ वर्षीया शितल श्रेष्ठ छिन् । अटोको ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा शिवसताक्षी–८ का ३१ वर्षीय दिलीप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका छन् । घाइतेहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार