शुक्रबार, मंसिर ७ गते २०८१

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार

अखबार दैनिक
बिहीबार , फागुन ३ २०८०
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो । 

    images

    आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ अंकले वृद्धि नेप्से वृद्धि हुँदा ४ अर्ब ११ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । म्यानु एण्ड प्रो उपसूचक बाहेक अन्य १२ वटा उपसूचक आज ऋणात्मक भएका छन् । 

    यस दिन २४९ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६३ वटा कम्पनीको मूल्य घटेको छ भने ७९ वटाको मूल्य केही बढेको छ । 

    बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ