शनिबार, जेठ ५ गते २०८१

सस्तो ब्याजदरमा पाँच करोडसम्म घरकर्जा दिँदै वाणिज्य बैंक

सस्तो ब्याजदरमा पाँच करोडसम्म घरकर्जा दिँदै वाणिज्य बैंक

अखबार दैनिक
आइतबार, माघ २८ २०८०
  • सस्तो ब्याजदरमा पाँच करोडसम्म घरकर्जा दिँदै वाणिज्य बैंक

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा घरजग्गा कर्जा दिने भएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका २०७७ बमोजिम ‘मेरो घर कर्जा’ योजना ल्याएको हो ।

    images

    घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्न अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने ‘मेरो घर कर्जा’को ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिनेछ ।

    हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ । यसमा १.२० प्रतिश प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । कर्जा प्रशोधन तथा सेवा शुल्क एक पटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ ।

    बैंकको सातै प्रदेशमा २८६ शाखा कार्यालय, ३०५ एटीएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ । देशभरका शाखा कार्यालयबाट यो कर्जा पाइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार