शनिबार, मंसिर ८ गते २०८१

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अखबार दैनिक
मंगलबार, माघ २३ २०८०
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारयता सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

    images

    महासंघका अनुसार आज तोलामा ५०० रुपैयाँले घटेको सुनको मूल्य हिजो सोमबार ४०० रुपैयाँ र आइतबार ६०० रुपैयाँले घटेको थियो । आज तोलामा ५०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।

    यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।

    सुनसँगै चाँदीको मूल्य समेत पछिल्लो तीन कारोबार दिनयता घट्दो अवस्थामा छ । आइतबार तोलामा २० रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले  आज १५ रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ