शनिबार, जेठ ५ गते २०८१

घट्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

अखबार दैनिक
सोमबार, माघ २२ २०८०
  • घट्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यसअघि, आइतबार छापावाल सुन १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

    सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार