शनिबार, जेठ ५ गते २०८१

एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?

एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?

    काठमाडौँ । आजभोलि एटीएम कार्ड नौलो विषय होइन । बैंकमा खाता हुने जो–कोहीसँग अटोमेटिक टेलर मेसिन (एटीएम) कार्ड हुन्छ । यद्यपि, आजभोलि यस्तो कार्ड अन्य वित्तीय कम्पनी संघ संस्था, फाइनान्स, सहकारीहरूले समेत प्रदान गर्ने गरेका छन् । 

    images

    खातावालालाई चाहेको बेला कुनैपनि एटीएम बुथबाट सजिलै पैसा झिक्न सकियोस् भनेर बैंक तथा वित्तीय कम्पनीहरूले खातावालालाई एटीएम कार्ड उपलब्ध गराउने गर्छन् । तथापि, खातावालाले यस्तो कार्डको माग नगर्न पनि सक्छन् ।

    उसो त एटीएम कार्ड मात्र होइन बैंक तथा वित्तीय संस्थाहरूले सेवाग्राहीको सुविधाका लागि प्रिपेड कार्ड र क्रेडिट कार्ड समेत उपलब्ध गराउने गर्छ । तर, बैंकहरुले यस्ता कार्डहरूमार्फत पैसा झिक्न पाउने अधिकतम सीमा र समय भने तोकेको हुन्छ । 

    एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?
    खासगरी बढी बाहक (प्रयोगकर्ता) रहेको र सहज मानिएको एटीएम अर्थात् (डेबिट कार्ड) को नै प्रयोग अधिक हुने गरेको छ । पछिल्लो रिपोर्ट अनुसार १ करोड २६ लाख ८० हजार डेबिट कार्ड प्रयोगमा रहेको छ । जसबाट चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मात्र ८३ अर्ब ७२ करोड १० लाख रुपैयाँ बढी नगद (क्यास) वीथड्र भएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।  

    तर, यस्तो कार्डमार्फत दैनिक र मासिक कति रुपैयाँसम्म क्यास झिक्न सकिन्छ त ?
    केन्द्रीय बैंकले डेबिट कार्डमार्फत एकपटकमा २५ हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । यस्तै एटीएम कार्ड प्रयोग गरेर एक दिनमा १ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था गरिएको छ भने महिनाभरिमा अधिकतम ४ लाख रुपैयाँसम्म झिक्न सकिने सीमा केन्द्रीय बैंकले तोकेको छ ।

    यस्तै, अन्य कार्डहरूमा प्रिपेडमार्फत एक पटकमा १० हजार रुपैयाँसम्म, एक दिनमा २० हजार रुपैयाँसम्म र एक महिनामा २ लाख रुपैयाँसम्म झिक्न सकिन्छ । 

    सपिङ, किनमेल तथा भुक्तानीका लागि ग्राहकको विश्वासमा प्रदान गरिने क्रेडिट कार्डमार्फत भने कार्डको सीमाको १० प्रतिशत बढीसम्म खर्च गर्न सकिने सीमा तोकिएको हुन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार