शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदीको बढ्यो

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदीको बढ्यो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । सुनचाँदी महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो ।

    images

    लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।

    यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार