शनिबार, जेठ ५ गते २०८१

भेष्पा अप्रिलिया खरीद गर्दा सरल फाइनान्स सुबिधा, डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारी

भेष्पा अप्रिलिया खरीद गर्दा सरल फाइनान्स सुबिधा, डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारी

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • भेष्पा अप्रिलिया खरीद गर्दा सरल फाइनान्स सुबिधा, डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारी

    काठमाडौं । भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड संग साझेदारी गरेको छ । नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६०५ सम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिना सम्म रहनेछ । यो सुबिधा नेपाल भरका भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ ।

    images

    डेल्टा अटोकर्प प्रा।लि का सि.इ.ओ तथा निर्देशक विजय महत्तो भन्नुहुन्छ , “डेल्टा अटोकर्प आफ्ना ग्राहकबर्ग हरु प्रति समर्पित छ । हामी यो घोषणा गर्न पाउँदा उत्साहित छौ कि डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ । यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुबिधा सुनिश्चित गर्दछ ।”

    हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुर भन्नुहुन्छ, “हाम्रो सरल फाइनान्स सुबिधाले ग्राहकहरुका लागि फाइनान्समा स्कुटर खरिद गर्न अबिश्वसनिय रुपमा मद्दत पु¥याँउछ । हाम्रो सरल र सुलभ फाइनान्स प्रकृयाले डेल्टा अटोकर्पसँग साझेदारी गर्दै ग्राहकहरुलाई सुबिधाजनक र सरल फाइनान्स सुबिधाहरु प्रदान गर्नेछौ।”

    डेल्टा अटोकर्प प्रा.लि र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड बिश्वस्त छन्कि यस सहकार्यले ग्राहकहरुलाई उत्कृष्ट फाइनान्सिब्सेवा उपलब्ध गराउने र बजारमा आफ्नो पकड बलियो बनाउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार