शनिबार, जेठ ५ गते २०८१

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौँ । सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्रमार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ ।

    images

    ५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी माघ ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । 

    सूचना अनुसार विकास ऋणपत्रको बोलकबोल बिहीबार दिउँसो २ बजे हुनेछ ।  इच्छुक लगानीकर्ताहरूले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् । 

    २०८० माघ १२ गते जारी हुने विकास ऋणपत्र २०८५ माघ १२ गते परिपक्व हुनेछ । लगानीकर्ताले विकास ऋणपत्रको ब्याज छ/छ महिना अर्थात् अर्धवार्षिक रूपमा पाउने राष्ट्र  बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार