शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य स्थिर, चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घट्यो

सुनको मूल्य स्थिर, चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घट्यो

अखबार दैनिक
मंगलबार, माघ ९ २०८०
  • सुनको मूल्य स्थिर, चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घट्यो

    आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।  आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार