शनिबार, जेठ ५ गते २०८१

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
सोमबार, माघ ८ २०८०
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुन र चाँदीको कारोबार सुरु भएको हो ।

    images

    महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएर कारोबारमा आएको छ । महासंघका अनुसार आज सोमबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार