शनिबार, जेठ ५ गते २०८१

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
आइतबार, माघ ७ २०८०
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा ४०० रुपैयाँ बढेर कारोबारमा आएको जनाएको हो ।

    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।

    यसबाहेक, आज चाँदीको मूल्यमा भने झनै गिरावट आएको छ । महासंघका अनुसार गत साताको शुक्रवारको तुलनामा आज ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । शुक्रवार सुनको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, आज १३ सय ९० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार