शनिबार, जेठ ५ गते २०८१

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर जनयोग सहकारीका सञ्चालक सम्पर्कविहीन

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर जनयोग सहकारीका सञ्चालक सम्पर्कविहीन

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • बचतकर्ताको करोडौं रकम हिनामिना गरेर जनयोग सहकारीका सञ्चालक सम्पर्कविहीन

    काठमाडौँ । बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् । 

    images

    सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् । उनीहरुले बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेका थिए । सहकारीका कर्मचारीहरू पुस २६ गतेपछि बचत सङ्कलन गर्न हिँड्न छाडेका थिए । 

    सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा मंगलबार मुद्दा दायर गरेका हुन् । बचतकर्ताका अनुसार सहकारीका दाजु बहिनी करिब २० करोड रकम लिएर फरार भएका हुन् । बचतकर्ताहरूले तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता आग्रह पनि गरेका छन् ।

    janayog2_OWFCsb5Zbe (1).webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार