शनिबार, जेठ ५ गते २०८१

तोलामा ७ सय रुपैयाँ घट्यो सुन

तोलामा ७ सय रुपैयाँ घट्यो सुन

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • तोलामा ७ सय रुपैयाँ घट्यो सुन

    ४ माघ, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ ।

    images

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो ।

    महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार