शनिबार, जेठ ५ गते २०८१

चाँदीको मूल्य स्थिर रहँदा सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ किनबेच ?

चाँदीको मूल्य स्थिर रहँदा सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ किनबेच ?

अखबार दैनिक
सोमबार, माघ १ २०८०
  • चाँदीको मूल्य स्थिर रहँदा सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ किनबेच ?

    १ माघ, काठमाडौं । विवाहको लगनसँगै सुनको खपत हुने महिना माघको पहिलो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ ।

    महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० रुपैयाँ तोकिएको छ ।

    आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार २ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँ तोकिएको थियो ।

    सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको कारोबार आज प्रतितोला १ हजार ४२० रुपैयाँ तोकिएको छ । आइतबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार