शनिबार, मंसिर ८ गते २०८१

सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा सम्पन्न

सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा सम्पन्न

अखबार दैनिक
आइतबार, पुस २९ २०८०
  • सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा सम्पन्न

    पुष २९ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड को साहयक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा मिति २०८०\०९\२८ गते शनिवार सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को कार्यालय परिसर कुपण्डोलमा कम्पनीको संचालक समितिको अध्यक्ष श्री सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५\७६ देखि आर्थिक वर्ष २०७९\८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ ।

    images

    साथै कम्पनीको संचालक समितिमा चार जना संचालकहरु श्री रामधन श्रेष्ठ, ७नतसी सप्तमान बज्राचार्य, श्री सिजु शाक्य, र श्री सृजेश ज्ञवाली निर्विरोध निर्वाचित हुनु भएको छ ।

    नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ