मंगलबार, असार २५ गते २०८२

एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ

एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ

अखबार दैनिक
मंगलबार, पुस २४ २०८०
  • एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ

    २४ पुस, काठमाडौँ । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।

    images

    गोकर्णेश्वर नगरपालिका-४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

    सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ ।

    बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ट सही) राजेश कार्कीले जानकारी दिए ।
                          
    सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । उनीहरु सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

    सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ