शनिबार, जेठ ५ गते २०८१

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

अखबार दैनिक
सोमबार, पुस २३ २०८०
  • सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

    काठमाडौँ । सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. एक आपसमा गाभिई एलएस क्यापिटलको नाममा मर्चेण्ट बैकिङ्ग कम्पनीका रूपमा एकीकृत कारोबार सुरु गरेको छ । 

    images

    एलएस क्यापिटलले कम्पनी रजिस्ट्रारको कार्यालयबाट मङ्सिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि ग्राहकलाई सेवा प्रदान गर्न सुरु गरेको हो । आज कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्षसुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका थिए ।

    यस मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्कासन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रूपमा परिचय बनाउन सफल भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार