शनिबार, जेठ ५ गते २०८१

१.८० प्रतिशत बढ्यो सेयर बजार, जीवन बीमामा आकर्षण

१.८० प्रतिशत बढ्यो सेयर बजार, जीवन बीमामा आकर्षण

अखबार दैनिक
सोमबार, पुस २३ २०८०
  • १.८० प्रतिशत बढ्यो सेयर बजार, जीवन बीमामा आकर्षण

    २३ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १.८० प्रतिशत अर्थात् ३६.५७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५९ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब २४ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ६७ करोडमा खुम्चिएको छ ।

    images

    कुल २१२ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ५ को स्थिर रहयो । सोमबार जीवन बीमा समूहमा बढी आकर्षण देखिएको छ । सो समूह यस दिन ३.७२ प्रतिशतले बढेको छ ।

    त्यस्तै बैंकिङ ०.५९, विकास बैंक २.२८, फाइनान्स २.५६, होटल तथा पर्यटन १.६०, जलविद्युत् २.८१, लगानी २.६१, उत्पादन ०.५६, माइक्रोफाइनान्स १.१७, निर्जीवन बीमा १.४२, अनय २.५७ र ब्यापार समूह १.०१ प्रतिशत बढेको छ ।

    समग्र बजार बढ्दा पनि नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । माउन्टेन इनर्जीको २.९६ तथा चन्द्रागिरि हिल्सको मूल्य २.८७ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, माउन्टेन इनर्जी, हाथवे इन्भेस्टमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र निफ्रा क्रमशः अगाडि रहे ।

    धेरै मूल्य बढेका कम्पनी :
    सोमबार १० कम्पनीको मूल्य १० प्रतिशत नै बढेको छ । सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर, समाज लघुवित्त, सामलिङ पावर र कालिका पावरको मूल्य १० प्रतिशत बढ्यो । तमोर हाइड्रोपावर, स्वाभिमान लघुवित्त, इनिफिनिटी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो ।

    हिमालयन रिइन्स्योरेन्सको कारोबार सुरु :
    हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबार सुरु भएको छ । एचआरएल कोड नामबाट कम्पनीको कारोबार खुलेको हो । प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो । सो कारोबारपछि कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सोमबार कम्पनीको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार