शनिबार, मंसिर ८ गते २०८१

माघी नजिकिएसँगै काठमाडौँमा भित्रिन थाले तरुल

माघी नजिकिएसँगै काठमाडौँमा भित्रिन थाले तरुल

अखबार दैनिक
आइतबार, पुस २२ २०८०
  • माघी नजिकिएसँगै काठमाडौँमा भित्रिन थाले तरुल

    काठमाडौँ । माघी नजिकिएसँगै काठमाडौंको कालीमाटी तरकारी बजारमा तरुल भित्रिएन थालेका छन् ।  माघे सङ्क्रान्तिमा विशेष गरी तरुल, तिलको लड्डु, ध्यू, चाकु, सखरखण्डलगायत परिकार खाने चलन भएकाले माघे सङ्क्रान्ति नजिकिँदै गर्दा तरुलको माग पनि बढ्दै गएको हो ।

    images

    मागलाई धान्न अहिले कालीमाटीस्थित थोक तरकारी बजारमा देशका विभिन्न भागबाट ठूलो मात्रामा तरुल ल्याइँदै छ। काठमाडौँमा भित्रने तरुलमा सर्लाहीबाट सबैभन्दा धेरै र सर्लाहीबाहेक धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी तथा धरान र सुनसरीबाट पनि तरुल आयात हुने गरेका छन् ।

    कालीमाटी तरकारी बजारमा अहिले सिमल तरुल, हात्तीपाइले तरुल, निलो तरुल, वन तरुल, सेतो तरुल र स्कुसका जरा भित्रिएको छ ।

    अहिले कालीमाटी तरकारी बजारमा आकार र जातअनुसार तरुल प्रतिढक (५ केजीको) ३०० देखि ५०० रुपैयाँसम्ममा किनबेच भइरहेको छ। वनतरुल भने प्रतिकेजी ३०० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ