आइतबार, वैशाख ८ गते २०८२

सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो

अखबार दैनिक
बिहीबार , पुस १९ २०८०
  • सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो

    काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको हो । 
    यस्तै आज तेजावी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    यता चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ