आइतबार, वैशाख ८ गते २०८२

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
मंगलबार, पुस १७ २०८०
  • बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ । स्थानीय बजारको बिक्री भाउ तय गर्दै महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो ।

    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ