शनिबार, मंसिर ८ गते २०८१

१८ करोड रुपैयाँभन्दा धेरैको क्रिसमसमा प्रयोग हुने कपडा निर्यात

१८ करोड रुपैयाँभन्दा धेरैको क्रिसमसमा प्रयोग हुने कपडा निर्यात

अखबार दैनिक
मंगलबार, मंसिर २६ २०८०
  • १८ करोड रुपैयाँभन्दा धेरैको क्रिसमसमा प्रयोग हुने कपडा निर्यात

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा १८ करोड रुपैयाँभन्दा धेरै ‘क्रिसमस’ प्रयोग हुने लत्ताकपडा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ‘क्रिसमस’मा प्रयोग हुने उक्त मूल्यको कपडा र ऊनी/फेल्ट निर्यात भएको हो ।

    images

    यस अवधिमा दुई प्रकारका क्रिसमस सामग्री निर्यात भएको तथ्याङ्क छ । १५ करोड रुपैयाँ भन्दा बढीको कपडा  र २ करोड ९० लाखभन्दा बढीको ‘क्रिसमस’मा प्रयोग हुने ऊनी/फेल्ट निर्यात भएको छ । यसबाहेक, मेला महोत्सव तथा चाडपर्वमा प्रयोग हुने लत्ताकपडा निर्यातबाट १ करोड ५० लाख रुपैयाँभन्दा धेरै रकम भित्रिएको छ ।

    नेपालबाट एक दर्जन देशमा यस प्रकारका वस्तु निर्यात हुँदै आएको छ । सबैभन्दा धेरै १३ करोड रुपैयाँ हाराहारीको यस प्रकारका ऊनी/फेल्ट निर्यात भएको छ । यसपछि, अस्ट्रेलिया, डेनमार्क, कोरिया, फिलिपिन्स, स्वीडेन र जापानमा निर्यात भएको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ