शनिबार, मंसिर ८ गते २०८१

सिटिजन्स बैंक इन्टरनेसनल लि. तथा ईनलाइटन मोटर्स प्रा.ली. बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लि. तथा ईनलाइटन मोटर्स प्रा.ली. बीच सम्झौता

अखबार दैनिक
शुक्रबार, मंसिर २२ २०८०
  • सिटिजन्स बैंक इन्टरनेसनल लि. तथा ईनलाइटन मोटर्स प्रा.ली. बीच सम्झौता

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित ईनलाइटन मोटर्स प्रा.लि. बीच BYD ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    images

    बैंक र कम्पनी बीचको यो सम्झौतामा BYD ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०५ सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । 

    कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा शर्तहरु लागु हुनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

    press release for BYD.jpg

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ