बुधबार, कात्तिक ७ गते २०८१

हिमालय रोडिजका दुवै फाइनलिस्टलाई लाउरेको सान्त्वना : बरु ढल्नुस्, म रगत दिन आउँछु

हिमालय रोडिजका दुवै फाइनलिस्टलाई लाउरेको सान्त्वना : बरु ढल्नुस्, म रगत दिन आउँछु

अखबार दैनिक
सोमबार, मंसिर ११ २०८०
  • हिमालय रोडिजका दुवै फाइनलिस्टलाई लाउरेको सान्त्वना : बरु ढल्नुस्, म रगत दिन आउँछु

    काठमाडौं । हिमालय रोडिज सिजन ५ ले सोमबार राति नयाँ विजेता पाउनेछ । उपाधिका लागि विश्व मगर र सञ्जीप राई भिड्दैछन् । दुवै प्रतिस्पर्धी ग्याङ लिडर लाउरेको टिमका भएकाले, जसले जिते पनि उनको दुवै हातमा लड्डु हुने देखिन्छ ।

    images

    तपाईंले फिनालेको ट्रेलर हेर्नुभएको छ भने यो निकै रोचक र एड्भेन्चर हुनेवाला छ । ट्रेलरमा दुवै फाइनलिस्टलाई कठिन टास्कसहित प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ ।

    पोखराको फेवातालमाथिको उकालो डाँडामा गह्रुंगो मुढा बोकेर चढेको दृश्य निकै रोचक देखिन्छ । डाँडामा पुगेर राष्ट्रिय झण्डा फहराएको दृश्य र पृष्ठभूमिमा पोखरा र फेवातालको दृश्य मर्मस्पर्शी देखिन्छ । निर्देशक सिमोस सुनुवारले ट्रेलरलाई पनि ‘सिनेम्याटिक स्टाइल’मा पेश गरेका छन् ।

    ट्रेलरमा ग्याङ लिडर लाउरेले आफ्ना दुवै प्रतिस्पर्धीलाई ऊर्जा दिंदै भनेका छन्, ‘आफ्नो जीउमा एक थोपा पनि एनर्जी रहनुभएन लास्टमा नपुगुञ्जेलसम्म । बरु ढल्ने, म रगत दिन आउँछु ।’ पाँचौं सिजनमा लाउरेसहित अनुपविक्रम शाही, दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रुपमा थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ