मंगलबार, असोज ६ गते २०८३

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

अखबार दैनिक
मंगलबार, असोज ६ २०८३
  • हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    गोरखा, ६ असोजः भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ ।    
        
    दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो ।    
     मनास्लु क्षेत्रमा भइरहेको निरन्तर व्र्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र हिउँ परिरहेको छ”, वडाअध्यक्ष लामा भन्नुहुन्छ, “झन आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ । त्यही भएर आरोही धमाधम फर्किएका छन् ।”    
        
    मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उहाँको भनाइ छ । विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भने दुईसातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउनुहुन्छ ।    
        
    “बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो । यो बाह्र वर्षको अवधिमा यस्तो कहिल्यै देखिन”, उहाँले भन्नुभयो, “यो वर्ष त पानी नन्स्टप परिरहेको छ । हिमपात पनि उस्तै छ । बेस क्याम्पमै तीनफिटसम्म हिउँ परेको छ । क्याम्प वान, क्याम्प टु, थ्रीतिर त सात, आठ फिट बाक्लो हिउँ परिसकेको छ । जोखिम देखेपछि आरोही फर्किएको उहाँको भनाइ छ ।    
    बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामा बताउनुहुन्छ । “हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे । यसपालिचाहिँ अल्लि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला”, उहाँले भन्नुभयो, “अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।”    
        
    विश्वमै ख्याति रहेको आठ हजार १६३ मिटर मनास्लु आरोहण गर्न यस याममा करिब पाँचसय आरोहीले अनुमति लिएका थिए । गत वर्ष ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व प्राप्त भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ