शनिबार, मंसिर ८ गते २०८१

चार महिनामा नेपालीले खाए १२ अर्बको आयातित तरकारी

चार महिनामा नेपालीले खाए १२ अर्बको आयातित तरकारी

अखबार दैनिक
आइतबार, मंसिर १० २०८०
  • चार महिनामा नेपालीले खाए १२ अर्बको आयातित तरकारी

    काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् ।

    images

    विभागका अनुसार चार महिनामा नेपालले ११ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात हुँदा  ४२ करोड ८९ लाख रुपैयाँको मात्रै नेपालबाट निर्यात भएको छ । ११ अर्ब ४४ करोड रुपैयाँको तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ । 

    चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले उल्लेख गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ