भक्तपुर । चाँगुनरायण नगरपालिकाले पशु बीमा शिर्षकको कार्यक्रमको कृषकले व्यहोर्ने २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाको पशु पंक्षी विकास शाखाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम पुश बीमा कार्यक्रम सञ्चालन गर्न बनेको पशु विमा कार्यविधि २०८० अनुसार कृषकले बीमा कम्पनिलाई भुक्तानी गर्नुपर्ने रकमको ८० प्रतिशत प्रिमियम रकम नेपाल सरकारले व्यहोर्ने र कृषकले व्यहोर्ने २० प्रतिशत रकमको अनुदान नगरपालिकाले व्यवहोर्ने भएको हो । नगरपालिकाले व्यहोर्ने उक्त २० प्रतिशत रकम अनुदान लिनका लागि नगरपालिकाले नगरबासीलाई सूचनामार्फत आह्रान गरेको हो ।
अनुदान लिन इच्छुक आवेदकहरुबाट २०८० /८१ को साउनदेखि चैत मसान्तसम्म बीमा गरिएको पशु बीमा बापतको रकम भुक्तानीका लागि आवेदन गर्न नगरपालिकाले सूचना प्रकाशन गरेको हो ।
साथै म्याद नाघी र रितपूर्वक प्राप्त हुन नआएका प्रस्तावहरु भुक्तानीका लागि समावेश हुन नसक्ने व्यवहोरा सूचनामार्फत नगरपालिकाले नगरबासीलाई जानकारी गराइएको छ ।
निवेदनका लागि बीमालेखको फोटो कपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, पशुको शरीर र ट्याग देखिने तस्विर दुईवटा, नागरिकताको प्रतिलिपि, बीमा गराएको व्यक्ति वा फमको नाममा रहेको चेकको फोटोकपि, दर्ता भएको फमको हकमा दर्ता प्रमाणपत्रको फोटोकपि पेश गर्नुपर्ने सूचनमा उल्लेख गरिएको छ ।