शनिबार, कात्तिक १७ गते २०८२

पोखरामा कात्तिक २५ गते देउसीभैलो महोत्सव

पोखरामा कात्तिक २५ गते देउसीभैलो महोत्सव

अखबार दैनिक
शुक्रबार, कात्तिक २४ २०८०
  • पोखरामा कात्तिक २५ गते देउसीभैलो महोत्सव

    गण्डकी । पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले दैउसीभैलोको  मौलिकता जोगाउने उद्देश्यका साथ यही कात्तिक २५ गते पोखरामा प्रथम देउसीभैलो महोत्सव २०८० गर्ने भएको छ ।

    महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले पछिल्ला वर्षमा तिहारको समयमा खेलिने देउसीभैलो आधुुनिकताका नाममा मौलिकताविहीन बनिरहेकाले त्यसको जगेर्नाका लागि महोत्सव गर्न लागिएको बताए ।

    पोखरा र आसपासका क्षेत्रमा प्राचीनकालदेखि प्रचलनमा रहेका विभिन्न समुदायको देउसीभैलोलाई महोत्सवमा समेटिने उनले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक एवं गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंकलगायत सङ्घसस्थाको सहकार्य रहने छ ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार