पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित आज हस्तान्तरण भएको छ ।
चिनियाँ राजदूत छन सोङले आज पोखरा विमानस्थलमा उक्त राहत समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ ।
राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए । यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ ।