शनिबार, कात्तिक १७ गते २०८२

मखमली फूलको माला बनाउने चटारो

मखमली फूलको माला बनाउने चटारो

अखबार दैनिक
सोमबार, कात्तिक २० २०८०
  • मखमली फूलको माला बनाउने चटारो

    तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका फूल कृषकहरू मखमली टिप्न व्यस्त छन्। बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन्।

    मखमली फूल टिपेर उनीहरूले माला पनि उन्न सुरु गरिसकेका छन् । बिहान फूल टिपेर दिनभरि माला उन्नमा व्यस्त हुन्छन्। मखमलीको पकेट क्षेत्र मानिने गुण्डुको मुख्य आएको स्रोत नै फूलको व्यापार हो ।

    किसानहरू एक - अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन् । नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए । फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय बताउँछन् । तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनीहरुको भनाइ छ । घरमा त्यत्तिकै बसिरहनु भन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने उनीहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार