बुधबार, मंसिर १२ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र, आन्दोलनको चेतावनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र, आन्दोलनको चेतावनी

अखबार दैनिक
मंगलबार, कात्तिक १४ २०८०
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र, आन्दोलनको चेतावनी

    बुटवल । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई आज ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निगमको जहाजहरूबाट उडान भर्न अपिल गरेको हो ।

    images

    1_dKXaFYQCx9.jpg

    विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिने, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।   सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले  विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सरकारको पूर्ण ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको बताए । 

    2-(1)_tzYDHjfAg9.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार