एजेन्सी । कहिलेकाहीँ लडाइँ झगडा हुँदा मानिसहरू कडा र तिखा शब्दहरू ज्यादा प्रयोग गर्छन् जसका कारण सम्बन्ध झन् बिग्रिएर जाने गर्छ । सम्बन्धमा सत्यता हुनु आवश्यक छ ।
धेरै खुल्लापन हुनु पनि सम्बन्धका लागि हानिकारक हुने गर्छ । ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्नेगर्छ । यहाँ हामी झगडा पर्दा ध्यान दिनुपर्ने केही कुराहरूका बारेमा बताउनेछौँ । जसले झगडालाई बढ्नबाट रोक्ने काम गर्छ ।
– आफ्नो पार्टनरसँगको कुराकानीलाई महत्वका साथ लिने गर्नुहोस् । आफ्नो पार्टनरको कुरा बुझ्ने प्रयास गर्नुहोस् । यदि पार्टनरको कुरा मन नपरेमा होस नगुमाउनुहोस्, धैर्य गर्नुहोस् । स्थितिसँग भाग्ने काम गर्नुहुँदैन । यस्तो अवस्थामा जथाभाबी बोल्नाले संधैभरीलाई सम्बन्ध खराब बन्न सक्छ ।
– रिसाउनु एक ठाउँमा उचित हो तर रिसको अवस्थामा केही नराम्रो कदम नउठाएकै राम्रो । अपशब्द प्रयोग गर्नबाट बच्नुपर्छ ।
– जिम्मेवारीलाई लिएर झगडा गर्नुभन्दा दुबैजनाले कामको बाँडफाँड गर्नु उचित हुन्छ । पुराना दिनहरूलाई सम्झेर एक अर्कालाई दोषारोपण गर्नु गलत हुन्छ ।
– घरका अन्य परिवारका सदस्यलाई झगडामा तान्नु ठूलो गल्ती हुन्छ । एक अर्काको परिवारलाई लिएर तुलना गर्ने काम गर्नु हुँदैन ।
– कतिपय कुरालाई बेवास्ता गर्ने बानी पनि राम्रो हुन्छ । सानो सानो कुरामा प्रतिक्रिया दिनु पनि कहिलेकाहीँ हानिकारक हुनसक्छ ।
– हरेक कुरामा आफ्नै जिद्दी मात्र गर्न खोज्नु राम्रो पार्टनरको गुणमा पर्दैन । सम्बन्धमा मिलेर काम गर्न सकियो भने त्यस्तो सम्बन्ध सुन्दर देखिन्छ ।